शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैन्य भर्नामा भ्रष्टाचार : कारबाहीमा पर्ने डेढ सय बढी सैनिकको नाम गोप्य राखियो

सैन्य भर्नामा भ्रष्टाचार : कारबाहीमा पर्ने डेढ सय बढी सैनिकको नाम गोप्य राखियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सैन्य भर्नामा भएको करोडौं भ्रष्टाचार खुलासा भएको छ। नेपाली सेनाको विभिन्‍न तहको भर्नामा भएको आर्थिक चलखेलका बारेमा नेपाली सेनाले छानबिन गरी डेढ सयभन्दा बढी सैनिकलाई दण्डित गरिएको छ। कोर्ट मार्शलमा परेर जरिवाना तथा जेलसजाय हुनेमा २३ अधिकृत र बाँकी अन्य दर्जाका सैनिक छन्। 

सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार सैनिक भर्नामा भएको छानबिन र कारबाहीको विवरण सार्वजनिक गरेको हो। तर, कारबाहीमा पर्ने अधिकृत तथा अन्य सैनिकहरुको नाम भने जंगी अड्डाले गोप्य राखेको छ।

०७३-०७४ सालको भर्नाको आर्थिक चलखेलमा १८७ जना सैनिक दोषी देखिएकोपछि कोर्ट मार्शल अघि बढाइएको थियो। त्यसमध्‍य १४ जनालार्इ सफाइ दिएको छ भने बाँकीलार्इ जेल,जरिवानालगायतका विभागीय कारबाही गरिएको छ। दोषी ठहर भएकाहरुबाट तीन करोड २२ लाख ७५ हजार बिगो असुल गर्ने गरी फैसला गरेको छ। 

भर्ना हुँदा मापदण्ड विपरित भर्ना भएका एक सय एक जनालार्इ भविष्‍यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बर्खास्त गरिएको छ। ०७५ जेष्ठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गर्दा उनीहरु दोषी देखिएपछि  जनरल समरी सैनिक अदालत ‘कोर्ट मार्शल’ को लागि सिफारीस गरिएको थियो।

बिहिबार सैन्य अदालतले कोर्ट मार्शलको फैसला सुनाएको हो।  बिहीबारदेखि नै लागू हुने गरि दुई जनालाई बिगो असुल गरि भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरि ६ बर्ष कैदको  फैसला गरिएको छ भने दुई अधिकृतसहित  ६ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि  बिगो असुल गरि सेनाबाट बर्खास्त तथा तीन बर्षको कैदको फैसला गरिएको छ।

एक अधिकृतसहित तिन जनालाई बिगो रकम राजस्व दाखिलागरि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि सेवाबाट बर्खास्त गरिएको छ।   एकजना अधिकृतलाई राजस्वको बिगो भराई चार वर्ष बढुबा रोक्का गरिएको छ ।

पाँचजनालाई दुई देखि पाँचबर्ष बढुवा रोक्का गर्ने गरि कारबाहि गरिएको छ। उक्त भर्नामा मापडण्ड विपरीत नेपाली सेनामा भर्ना भएका एक सय एक जनालाई नेपाली सेनाबाट बर्खास्त गरिएको छ।

नेपाली सेना भर्नाको आर्थिक अनियमीतता गरि भर्ना गराउने सेनाका ३७ जना अधिकृतलाई तीनदेखि पाँच वर्ष बढुवा रोक्का गर्ने गरि कारबाही गरिएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।