बुधबार, चैत १८, २०८२

एनएनआईपीए अवार्ड पुस दोश्रो साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआईपीए उत्कृष्ट खेलाडी अवार्ड- २०७४ पुस १३ गते प्रदान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश विभिन्न २९ खेलका खेलाडीलाई नगदसहित सम्मान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । प्रत्येक खेलका १ खेलाडीलाई नगद १० हजारसहित सम्मान गरिने छ ।

२९ खेलमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, लनटेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आईटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती छन् । 

यहि खेल मध्येबाट १-१ पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी चयन गरी छुट्टै नगद पुरस्कारबाट पनि सम्मान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार राशी कम्तीमा २५ हजार हुने आयोजकले जनाएको छ ।

अवार्डकै दिन गजराज जोशी आदर्श खेलाडी सम्मान तथा एनएनआईपीए खेलकुद पत्रकारिता सम्मान पनि प्रदान गरिने छ । आदर्श खेलाडीको २५ हजार र खेलकुद पत्रकारिताको १५ हजार पुरस्कार राशी रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।