शनिबार, साउन ९, २०८३

पाहुना घर आइसकेपछि निम्ता सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मन्त्रिपरिषद्‍को मंसिर १० गतेको बैठकले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सेलर आङ साङ सुकीलार्इ निम्ता दिने निर्णय गर्‍यो। दुवै विवादस्पद्‍ पात्र भएकोले यसमा आलोचना र नकारात्मक प्रतिक्रिया आउन सक्ने भएकोले सरकारले यस निर्णयलार्इ गोप्‍य राख्यो।

दुवै जना पाहुनाहरु मंसिर १३ गते बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भए। बिहीबार साँझ मात्रै सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत निम्ता दिइएको निर्णय सार्वजनिक गरे। 

पाहुना ल्यान्ड भइसकेपछि निम्ता दिइएको निर्णय सार्वजनिक हुनु एक उदाहरण मात्र भएको भन्दै मन्त्रिपरिषद्‍ले आफ्नो स्वार्थमा गरिएका कतिपय निर्णयहरु अझै गुपचुप राख्ने सहज बाटो प्रशस्त गरेको भन्दै प्रतिक्रियाहरु आइरहेका छन।

यसरी जनताको सूचना पाउने अधिकार कुण्ठित गर्नुका साथै आफूखुशी निर्णय गराएर कार्यान्वयनको सहज बाटो रोजेको भन्दै आलोचना भइरहेको छ। 

कात्तिक २५ गतेबाट सूचना वितरणलाई व्यवस्थित बनाउने नाममा सरकारलाई व्यापक आलोचनाबाट जोगाउन एक हप्तापछि निर्णय सार्वजनिक गर्ने नियमको थालनी गरियो। 

यसले गर्दा निर्णयहरु सार्वजनिक गर्दा आलोचना कम हुने तथा सरकार, पार्टी र व्यक्ति विशेषको स्वार्थमा गरिएका निर्णयहरु कार्यान्वयनमा सहज हुने भएकोले यस्तो नियम बसालिएको भन्दै थप आलोचना भइरहेको छ।

यसअघि बैठक सकिनेबित्तिकै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्रीले पत्रकारहरुलाई बैठकका निर्णयहरु सार्वजनिक गर्न एउटा आइप्याड बोकेर आउँथे र छानीछानी निर्णहरु सुनाउने गर्थे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।