काठमाडौं- दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिपको बेष्ट अफ फाईभको खेलमा पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई परासिजत गर्दै स्वर्ण जिते ।
उनले प्रियान्सुलाई २१-१२, २१-१७ ले पराजित गरेका हुन् । हलचोक स्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएका अन्य खेलमा नेपालका खेलाडीहरुले लय समत्न सकेनन् ।
महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोद संग २१-८, २१-५ ले पराजित भईन् । यस्तै पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१-१५, २१-१७ अंकको जित सुम्पे ।
अर्को खेलमा महिला जोडी तर्फ नेपालका जेशिका गुरुङ्ग र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टो संग २१-५, २१-५ ले पराजित हुंदै ३-१ को हार ब्यह्यो¥यो । नेपाल अघिल्लो संस्करमा पनि दोश्रो स्थानमा रहेको थियो ।
भारतले दोश्रो दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ । आज भएको फाईनलमा नेपाललाई ३-१ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित गर्यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित गर्यो । नेपाल सहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलङ्काले तेश्रो स्थानमा रहे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४