शनिबार, साउन ९, २०८३

जागिरबाट निकाल्ने धम्कीपछि मालिककै छोराको हत्‍या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गोंगबुस्थित सरस्वती गेष्ट हाउसका मालिक प्रविणकुमार कुवँरका आठ वर्षीय छोरा प्रयास कुवँरको हत्या भएको छ। 

मंगलबार साँझ ७ बजे गेष्ट हाउसमा काम गर्ने स्याङ्जाका महेन्द्र सार्कीसँगै घुम्न निस्केका प्रयासको बुधबार रानीवन जंगल नजिकैको मैत्रिपुल मुनि जेब्रा झोलामा शव फेला परेको प्रहरीले जनाएको छ। 

मंगलबार हराएका छोरा र ड्राइभरको रुपमा काम गर्ने सार्की नफर्किएपछि प्रविणकुमारले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उजुरीका आधारमा खोजी गर्दा मैत्रीपुल मुनी झोलामा शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए। 

मंगलबारबाटै फरार रहेका ड्राइभरलार्इ प्रहरीले बिहीबार दिउँसो महाराजगन्‍जबाट पक्राउ गरेको हो। ड्राइभरको काम गर्ने सार्कीलार्इ काम बिगारेको भन्दै जागिरबाट निकाल्ने धम्की दिएपछि मालिकको छोराको हत्या गरेको हुनसक्‍ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। 

सार्कीले एक महिनाअघि गेष्ट हाउसमा ड्राइभरको रुपमा काम सुरु गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।