काठमाडौं- राजधानीका भित्ताहरुमा बुधबार राति टाँसिएका निर्मलाका तस्बिरहरु हटाइएका छन्। गृहमन्त्रालयको निर्देशनमा बिहीबार प्रहरीले निर्मलाका तस्बिरहरु हटाएका जनाइएको छ।
यसअघि मुलुकमा सरकार कहाँ छरु भन्दै आलोचना भएको थियो। सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले मंगलबार प्रत्येक बिजुलीका पोलमा आफ्नो तस्बिरसहितको डिजिटल पोस्टर राख्न निर्देशन दिंदै जता हेर्यो त्यतै सरकारु भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसको दोस्रो दिन दिन बुधबार केही युवाहरुले सरकारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका थिए। तर, बिहीबार यस कामको समर्थन गर्दै सरकारको व्यापक आलोचना भएपछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले उक्त पोस्टरहरु हटाएको हो।
प्रहरीले उक्त तस्बिरहरु हटाएपनि फेरि टाँस्ने काम भइरहेको छ। निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ, ‘न्याय दिन ढिलाइ गर्नु, न्याय दिन इन्कार गर्नु हो।’
#Impunity दिइएको पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका जनाइएको छ।
कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४