काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकै दिन नौ सहायक महामन्त्री नियुक्त भएका छन्। विधान बमोजिम अध्यक्ष कमल थापाले बिहीबार उनीहरुलाई मनोनयन गरेका हुन्।
यसरी नियुक्त भएका सहायक महामन्त्रीहरुमा भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार (काठमाण्डौ), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कंचनपुर) र रेणुदेवी साह (सप्तरी) लाई छन्।
त्यस्तै सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४