काठमाडौं- एसिया प्यासिफिक समिट नाम दिइएको सम्मेलनमा भाग लिन आउने पाहुनाहरुको स्वागतका लागि आज काठमाडौंमा जोर-विजोर प्रणाली लागू गरिएको छ। सरकारले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुलार्इ राजकीय सम्मानसहित स्वागत गरिंरहेको छ।
युनिभर्सल पिस फेडेरेसन नामक विवादित संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा क्रश्चियन धर्म प्रचारकलार्इ राजकीय सम्मान प्रदान गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।
उनले बिहीबार ट्वीट गर्दै यस्तो कदमप्रति आपत्ति जनाएका हुन्। उनले ट्वीटमा लेखेका छन्, 'धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागि पाहुनाहरुलाई जुन तहबाट राजकिय सम्मान/स्वागत अर्पण गरिएको छ, त्यो अवांछित छ।'
उनले यस्तो कदम कुटनीतिक मर्यादा विपरित भएको भन्दै लेखेका छन्, 'प्रचलित कुटनीतिक मान्यता अनुकुल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन।जनतालाई सास्तिदिने जोरबिजोर गलत/अनाबश्यक छ।यो ज्यादतिको भर्त्सना गर्दछु।'
धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागि पाहुनाहरुलाई जुनतहबाट राजकिय सम्मान/स्वागत अर्पण गरिएको छ,त्यो अवांछित छ।प्रचलित कुटनीतिक मान्यता अनुकुल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन।जनतालाई सास्तिदिने जोरबिजोर गलत/अनाबश्यक छ।यो ज्यादतिको भर्त्सना गर्दछु
— Kamal Thapa (@KTnepal) November 29, 2018
धर्म प्रचारकलार्इ स्वागत गर्न सर्वसाधारणलार्इ सास्ती दिएको भन्दै नेपाली कांग्रेसले पनि सरकारले लागू गरेको जोर-विजोर प्रणाली नमान्न अपिल गरेको छ।
सम्मेलनमा सात राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुखको सहभागिता रहने आयोजकले जनाइएको छ। सम्मेलन युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरुको आर्थिक सहयोगमा हुन लागेको हो।
चारदिने सम्मेलनको उदघाटन शुक्रबार हायात होटलमा हुनेछ। पाहुनाहरुलाई काठमाडौंका हायात होटल, द्वारिका, सोल्टी र याक एन्ड यति होटलमा राख्ने प्रबन्ध मिलाइएको छ। सम्मेलन सोमबार काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न गरिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४