काठमाडौं- निर्मलाको न्यायको माग गर्दै प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघका पाँच जनालार्इ प्रहरीले पक्राउ गरेको छ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि बिहीबार माइतिघरमा प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेविसंघका पाँच जनालाई पक्राउ गरेको नेविसंघका सहमहामन्त्री प्रेम राज जोशीले जानकारी दिए।
पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रघु कार्की, नेविसंघका नेता लक्ष्मी दाहाल र अन्य तीन जनाको नाम खुल्न नसकेको उनले जानकारी दिए। शान्तिपूर्ण र्यालीमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउँदै उनले तत्काल आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४