शनिबार, साउन ९, २०८३

जोर-विजोर नमान्‍न गगनको अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले बिहीबारदेखि लागू गरिएको जोर-विजोर प्रणालीको अवज्ञा गर्न सार्वजनिक अपिल गरेका छन्। फेसबुक र ट्वीटर मार्फत उनले भनेका छन्, ‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर-विजोर मात्रै होइन, गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ। तर, धर्मान्तरको लागि स्थापना भएका विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।’

एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लागू गरेको जोर-विजोर प्रणालीप्रति केही युवाहरुले समेत आपत्ति जनाएका छन्। युथ कंग्रेस नेपालले विज्ञप्ती नै जारी गरेर जोर-विजोर प्रणालीको विरोध जनाएको छ। 

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोजेकाले आफुहरुलाई मान्य नहुने भन्दै युथ कांग्रेसले आपत्ति जनाएको हो। 

युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राज्यसँग सम्बन्धीत कार्यक्रमका लागि मुलुकवासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो। तर, अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको, आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने?’

जोर-विजोरको आफुले पनि अवेज्ञा गर्ने जनाउँदै युथ कांग्रेसले आम सर्वसाधारणलाई समेत अवेज्ञा गर्न आग्रह गरेको छ। ‘आफुलाई खरो राष्ट्रवादी देखाउन खोज्ने केपी ओली नेतृत्वको सरकारले गैरसरकारी संस्थाको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको यस निर्णयको अवज्ञाका क्रममा हुने अप्रिय घटनाप्रति सरकार नै जिम्मेबार हुनु पर्ने चेतावनी पनि दिन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ।

धर्म प्रचारका लागि नेपाल आएका पाहुनाको स्वागतका नाममा सर्वसाधारणलार्इ सास्ती दिइएकोमा सामाजिक सञ्‍जालमा चर्को आलोचना र विरोध भएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।