काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फका ५३१ हवल्दारहरु प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्।
गृहमन्त्रालय प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग अर्न्तगत प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १२ गतेको निर्णय अनुसार उक्त संख्यामा हवल्दारको बढुवा गरिएको हो।
बढुवा भएकाहरुले बढुवा भएको मितिदेखि प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने भएकाले अभिलेखालयमा आवश्यक व्यहोरा जानकारी गराउन समेत आग्रह गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४