शनिबार, साउन ९, २०८३

पाहुनालार्इ स्वागत, सर्वसाधारणलार्इ सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटमा सहभागी हुने विदेशी पाहुनाहरूको स्वागत गर्नेक्रममा सर्वसाधारणले सास्ती भोग्‍नु परिरहेको छ ।

विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुख काठमाडौं आउनेक्रम जारी छ । विदेशी पाहुनाको स्वागतका लागि यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीले बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।

यो व्यवस्थाले काठमाडौंका सर्वसाधारण भने सडकमा सकस भएको छ । सडकमा कम सार्वजनिक सवारी साधन चल्दा यात्रुहरू धेरैबेर गाडि पर्खन बाध्यछन् ।

काठमाडौंका मुख्यमुख्य चोकहरूमा घण्टौं कुर्दा पनि गाडि नपाएर हिँडिरहेका छन् । सञ्चालनमा रहेका टेम्पो, माइक्रोबस तथा अरू गाडिमा पनि यात्रुको चाप छ ।

साथै ट्राफिकले पाहुनाको लागि गरेको स्कटिङले पनि सडकको नियमित सञ्चालनमा बाधा पुगेको छ । जसका कारण पैदलयात्रा बाटो काट्नका लागि धेरै समय पर्खनु परेको गुनासो गर्न थालेका छन् ।

राजधानीका सडकमा दैनिक १० लाख बढी सवारी गुडछन् । बागमती अञ्चलमा ११ लाख ७० हजार सवारीसाधन दर्ता छन्। सडक भने दुई सय किलोमिटर मात्र छ।

उपत्यकामा ट्राफिकको दरबन्दी १४५० छ । ड्युटीमा खटिँदा एक प्रहरीले कम्तीमा १० हजार सवारीसाधनको अनुगमन गर्नुपर्छ।

तस्बिरमा हेर्नुहोस एसिया प्यासफिक समिटमा सहभागी हुने पाहुनाको स्वागतले सर्वसाधारणले पाएको सास्ती :
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।