शनिबार, साउन ९, २०८३

लागुऔषध बिक्री गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा-प्रहरीले बाराबाट लागु औषध बेचविखन गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३८ वर्षीय धर्मेन्द्र भन्ने रामप्रसाद तेली रहेको प्रहरीले जनाएको छ ।

रामप्रसादले आफ्नो घरमा लागुऔषध बेचविखन गर्दै आइरहेको सूचनाको आधारमा छापामारी गरेको थियो । 

रामप्रसादको घर खानतलासी गर्दा लागुऔषध गाँजा ११५ किलोग्राम र गाँजाको बिउ ३२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

रामप्रसादविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा चलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका रामप्रसाद उपर थप अनुसन्धान भइरहेको बाराका डीएसपी रन्जित सिंह राठौरले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।