शनिबार, साउन ९, २०८३

जंगली हात्तिको आक्रमणबाट दुर्इजनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज -पर्साको ठोरीसँगै सीमा  जोडिएको चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जको हातिको आक्रमणबाट बुधबार अपरान्ह एक वृद्धासहित दुई जनाको मृत्यु भएको छ।

 माडी  वडा नम्बर ९ कृष्णनगरमा रिउ खोला नजिकै  काँसघारीमा घाँस काटन गएकी ३० वर्षिया सुशिला भण्डारी र ६० वर्षिया कृष्णमाया पौडेलको जंगली हात्तिको आक्रमणमा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका इन्चार्ज नारायण श्रेष्ठले बताए ।

 माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले हात्तिले मान्छे मारेपछि स्थानियबासी आतंकित भएको बताए । यसअघि २४ कातिकमा चितवनकै राप्ती नगरपालिका वडा नं. २ मा हातिको आक्रमणमा स्थानीय सागर राईको मृत्यु  भएको थियो ।

सन् २०१६/१७ मा जातिको आक्रमणमा १४ जनाको मृत्यु भएको निकुञ्जले‌ जानकारी दिएको छ।

निकुञ्जले मृतकको परिवारलाई वन्यजन्तुको आक्रमण बाट हुने धनजनो क्षतिपूर्तिवापत मृतकको परिवारलाई पाँच लाख र घाइतेलाई एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।