शनिबार, साउन ९, २०८३

काठमाडौं आइपुगिन म्‍यानमारकी विदेशमन्त्री सुकी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-शुक्रबारदेखी राजधानीमा हुन लागेको एसिया प्यासीफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी विदेशमन्त्री आङ साङ सुकी काठमाडौं ओर्लिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको सद्‍भावना भ्रमणमा आउन लागिकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी बिहान ११:१५  मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।  

समिटमा भाग लिन आउने पाहुनाका लागि उपप्रधान तथा रक्षामन्त्री इश्‍वर पोख्रेलको संयोजकत्वमा समिति गठन गरिएको छ। पाहुनाको सवारी सहजताका लागि काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरिएको छ। 

सुकीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्‍यसैगरी प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्टेट काउन्सिलर एवं विदेशमन्त्रीको हैसियतमा भने सुकीको पनि यो पहिलो भ्रमण हो। नोबेल शान्ति पुरस्कार विजेताको हैसियतमा भने उनी यसअघि पनि नेपाल भ्रमणमा आएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।