एजेन्सी- यस सिजन स्पेनिस क्लब रियल मड्रिडको प्रदर्शन खस्कि रहेका बेला लेफ्ट ब्याक मार्सेलोले रियलमा पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डाको अभाव खड्किरहेको बताएका छन् ।
उनले रोनाल्डो आफूहरूका लागि विगत भइसके पनि अहिले टोलीमा उनको गोलको अभाव देखिएको बताए हुन् । ‘यस सिजन हामीले हाम्रो स्तरअनुसार खेल्न सकिरहेका छैनौ । हाम्रो कोसिस असफल भइरहेको छ ।’
मार्सेलोले भने, ‘त्यसैले यतिबेला टिममा रोनाल्डोको गोलको अभाव खड्किरहेकाे छ । उनी भए हामी अहिले लिगमा सफल टोलिको सुचिमा हुने थियौ ।’ हुनत रोनाल्डोको बिषयमा रियलले चर्चा गर्दा कुनै असर भने हुने छैन् । किनकी रोनाल्डो अब रियलका लागि विगत हुन् । यतिबेला रियलले आफ्नो टिम भित्रबाटै समाधान खोज्नु पर्ने देखिन्छ ।
‘हामी आगामी दिनमा थप महेनत गरेर फर्किन्छौं,’ मार्सेलोले भने । मार्सेलोले ला लिगाा अझै थुप्रै खेल बाँकी रहेको बताउँदै बाँकी खेलबाट पुनरागमन गर्न प्रयास गर्ने बताएका छन् । उनले अबका बाँक च्याम्पियन्स लिगको खेलमा ध्यान केन्द्रित हुने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४