एजेन्सी- एथ्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा मोनाकोलाई २-० ले पराजित गर्दै एथ्लेटिको अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोको गितका लागि कोके र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । पहिलो हाफको दोस्रो मिनेटमै कोकेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा ग्रीजम्यानले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिकोले २-० को अग्रता लियो । ८३ औं मिनेटमा पाएको पेनाल्टीमा राडमेल फल्काओले गोल गर्न सकेनन् ।
एथ्लेटिकोका स्टेभेन साभिकले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा फल्काओले प्रहार बाहिरिएको थियो । पेनाल्टी अघि साभिकले दोस्रो पहिलो कार्ड पाएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
तर, मोनाकोले त्यसको फाइदा उठाउन सकेनन् र घरेलु खेल टोलीसँग २-० ले पराजित भयो । जितसंगै एथ्लेटिकोले समूह ‘ए’ बाट ५ खेलबाट १२ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने मोनाको बाहिरिएको छ । यसै समूहबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४