शनिबार, साउन ९, २०८३

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले पिएसभीलाई पराजित गरेको छ । यस जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो चरणको प्रवेश पक्का गरेको छ । 

बुधबार राति भएको समूह ‘बी’को पाँचौ खेलमा बार्सिलोनाले पीएसभीलाई २-१ ले पराजित गरेसँगै दोस्रो चरणको यात्रा पक्का गरेको हो । यता पीएसभी भने अंक तालिकाको पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा, तीन वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । बार्सिलोनाका लागि लियोनल मेस्सी र जेरार्ड पिकेले एक एक गोल गरे । 

यता पिएसभीका लागि पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काएका थिए । पहिलो हाफमा दुबै टोलीले गोल गर्ने केहि अवसरहरु सृजना गरेपनि गोल गर्न भने सकेनन् । 

मेस्सीले खेलको ६१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनले ओस्मान डेम्बेलेको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए । त्यसको ९ मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । 

बार्सिलोनाको अग्रता दोब्बर पार्न जेरार्ड पिकेले गोल गरेका थिए । उनले मेस्सीको फ्रिकिक सापमा गोल गरेका हुन् । ८२ औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काउदै खेलमा फर्कने प्रयास गरेका थिए । 

तर पीएसभीले थप गोल गर्न नसक्दा बार्सिलोना विजयी भयो । समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७-७ अंक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।