शनिबार, साउन ९, २०८३

 महासमितिमा पेश गर्ने मस्यौदा टुङ्ग्याउदै कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- महासमिति बैठकमा पेश गर्ने संशोधित विधानको मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे पछि बस्ने बैठकले  विधानको मस्यौदालाई अन्तिम रुप दिने भएको हो । 
 
विधानको मस्यौदाबारे रणनीति बनाउन बुधबार संस्थापन पक्षका नेताहरुले छलफल गरेका थिए । उनीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले गरेको प्रहारको सामना गर्ने एजेण्डामा पाँच घण्टा छलफल गरेको बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा नेताहरु सकेसम्म सहमतिबाटै अघि बढ्ने निर्णय गरेर उठेका थिए । 

केन्द्रीय सदस्य एनपी साउदले मस्यौदा समितिमा सहमति हुन नसकेका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा सहमति खोज्ने प्रयास गर्ने र सहमति भएका बुँदा मात्रै महासमिति बैठकमा पेश गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । 

बिहीबारको बैठकमा मस्यौदा समितिबाट फरक मतसहित आएका विषयमा सहमति खोज्ने प्रयास हुने उनले बताए । सभापति देउवा पक्षको रणनीतिक भेला बुढानीलकण्ठमा बसिरहेकै बेला हिजो पौडेल पक्षधर पनि महामन्त्री शंशाङ्क कोइरालाको निवास टोखामा भेला भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।