शनिबार, साउन ९, २०८३

आज विजोर नम्बरका गाडी मात्रै चलाउन पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीसाधनमा आजबाट जोर विजोर प्रणाली लागू भएको छ । शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटका लागि सवारी व्यवस्थापन गर्न भन्दै जोर विजोर प्रणाली लागू गरिएको हो । 

चार दिनसम्म लागू हुने जोर विजोर प्रणाली अन्तर्गत बिहीबार र शनिबार बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने छन् भने शुक्रबार र आइतबार जोर नम्बरका सवारीसाधन मात्रै चल्न पाउने छन् । 

सम्मेलनमा विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

एम्बुलेन्स, दमकल, प्रेस र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । आइएनजीओले गरेको कार्यक्रमका लागि जोर विजोर प्रणाली लागू गरेर जनतालाई सास्ति दिएको भन्दै नागरिक स्तरबाट भने सरकारको आलोचना भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।