शनिबार, साउन ९, २०८३

वाइड बडी घोटाला: लेखाले माग्यो खरिदको फाइल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वाइड बडी घोटाला कान्डको विषयमा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले खरिद प्रकृयाको फाइल दश दिनभित्र पेस गर्न निर्देशन दिएको छ। 

नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरीद प्रकृया उल्लङ्घन गरे-नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको हो। 

समितिको बुधबारको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरीद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेश गर्न निर्देशन दिएको हो। 

एक हजार घण्टा उडान भरेको उक्त विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन भए-नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ। 

उक्त विमान खरीदमा अनियमितता भएको हुन सक्ने आशंका भएपछि संसदीय समितिले आ-आफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन्। 

नागरिक लगानी कोष र सञ्चय कोषसँग १२/१२ अर्ब ऋण लिएर दुर्इ वटा वाइड बडी खरिद गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।