शनिबार, साउन ९, २०८३

काठमाडौंमा कुन दिन जोर ?, कुन दिन बिजोर?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहिबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ। एशिया प्यासेफिक सम्मेलनलार्इ ध्‍यानमा राखेर मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बरका सवारी साधन गुडाउन पाइने छ भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै चलाउन पाइने छ।

नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको समिटमा भाग लिन सात राष्ट्रका प्रमुखसहित पाँच सय विदेशी पाहुनाहरु सहभागी हुने भएकोले उनीहरुको सवारी अावागमलार्इ सहज बनाउन यस्तो नियम लागू गर्न लागिएको जनाइएको छ। 

अत्यावश्यक सेवाका सवारी साधनलाई जोर बिजोर लागु हुनेछैन। एम्बुलेन्स, दुध, प्रेस, पानी र फोहोर फाल्‍ने सवारीलार्इ भने निर्वाध रुपमा चल्‍ने पाउने ट्राफिक महाशाखाले जनाएको छ। 

राजधानीका सडकमा दैनिक १० लाख बढी सवारी गुडछन् । बागमती अञ्चलमा ११ लाख ७० हजार सवारीसाधन दर्ता छन्। सडक भने दुई सय किलोमिटर मात्र छ। उपत्यकामा ट्राफिकको दरबन्दी १४५० छ । ड्युटीमा खटिँदा एक प्रहरीले कम्तीमा १० हजार सवारीसाधनको अनुगमन गर्नुपर्छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।