शनिबार, साउन ९, २०८३

बाइक दुर्घटना: एकको मृत्यु, २१ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा बुधबार बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिम्ता गाउँपालिका-४ गुरु भिरमा भे८प ३४२४ नम्बरको बाइक दुर्घटना हुँदा जाजरकोट शिवालय गाउपलिका-९ नाहाडाका महेन्द्र चन्द ठकुरीको मृत्यु भएको हो। ठकुरी भिरबाट भेरी नदीमा खसेका थिए।

इलाका प्रहरी कार्यालय बाँदेपिपलका अनुसार मृतक ठकुरीलाई लिन आएका आफन्तहरु चढेको ट्रयाक्टर पनि दुर्घटना भएको छ। ठकुरीका आफन्त लिएर आएको लु १ त ९५७७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।


घाइतेलाई सल्यानको सल्लीबजारमा प्राथमिक उपचारपछि मेहलकुना अस्पतालमा रिफर गरिएको बाँदेपिपल ईलाका प्रहरी इन्चार्ज श्याम शाहले जानकारी दिएका छन्। घाइतेहरुको थप विवरण भने आउन बाँकी छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।