इटहरी- सोलुखुम्बुको मझौला हिमाल आमा दबलम आरोहण गरेर आउने क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। हिमालयन गाइडर्स नेपाल ट्रेक एण्ड एक्पिडिसन प्राली काठमाण्डौबाट आमा दबलम आरोहण गर्ने १४ जनामध्ये एक जनाको मृत्यू भएको हो।
बुधबार बिहान साढे सात बजे मृत्यू भएका अमेरिकी नागरिक स्टेभेन भिक्टर बिमको मृत्यू भएको जिल्ला प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
अमेरिकी पासपोर्ट नम्बर ५३२३४०८५३ भएका ४७ बर्षीय अमेरिकी नागरिकको शवलार्इ आजै सिम्रिक एयरको हेलिकप्टरबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ल्याइएको छ।
लुक्ला ल्याइएको शवको कानुनी प्रकृयाहरु भइरहेको प्रदेश १ प्रहरी कार्यालयको समाचार शाखाका सदस्य प्रहरी हवल्दार असोक आचार्यले बताए। सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाँउपालीका-४ मा रहेको आमा दबलम हिमाल ६ हजार ८ सय १२ मिटर उचाइमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४