एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) ८ खेल हुँदैछन् । बुधबार राति हुने ८ खेलमध्ये केही महत्वपूर्ण खेलहरू हुँदैछन् । जहाँ लोकोमोटिभ मोस्कोविरुद्ध गालाटासरी तथा एथ्लेटिको मड्रिडविरुद्ध मोनाकोले नेपाली समय अनुसार राति ११:४० बज खेल्दै छन् ।
त्यससपछि बोरुसिया डर्टमुन्डविरुद्ध क्लब ब्रुगी, पिएसजीवरुद्ध लिभरपुल, नापोलीविरुद्ध रेड स्टार बेलग्रेड, पिएसभी इन्ढोभेनविरुद्ध बार्सिलोना, पोर्टोविरुद्ध शाल्के र टोटनह्यामविरुद्ध इन्टर मिलानको खेल नेपाली समय अनुसार राति १:४५ बजेबाट सुरु हुदैछ ।
फ्रेन्च क्लब पिएसजी र लिभरपुलको भिडन्त हुँदैछ । समूह ‘सी’ अन्तर्गतको यो खेल आज दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । हाल अंक तालिकामा इटालियन नापोली ६ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल समान ६ अंकसहित दोस्रो स्थानमा छ भने पिएसजी ५ अंकका साथ तेस्रो स्थानमा छ । लिभरपुल र पिएसजीका लागि यो खेल निर्णायक हुनेछ ।
अर्को खेलमा पिएसभी इन्ढोभेन र बार्सिलोना खेल्दैछन् । बार्सिलोना यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । त्यस्तैले पिएसभीका लागि यो खेल एक प्रतिस्ठाको बिषय मात्र बन्ने छ ।
आजको अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम र इटालियन इन्टर मिलान खेल्दैछन् । टोटनह्यामको घरमा हुने यो खेल विशेष गरी टोटनह्यामका लागि महत्वपूर्ण हुनेछ ।
यसअघि बार्सिलोना अन्तिम २ खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरिसकेकाले समूह ‘बी’बाट अर्को चरण जान मिलान र टोटह्यामबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४