शनिबार, साउन ९, २०८३

प्रधानसेनापति कपको उपाधि एपिएफलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साविक विजेता एपिएफ क्लबले प्रधानसेनापति कपको उपाधि जितेको छ । टाइब्रेकरमा एपिएफले आर्मीलाई ४-२ ले पराजित गर्दै प्रधानसेनापति कपको उपाधि जितेको हो । 

निर्धारित समयको खेलमा दुबै टोलीबाट १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा पुगेका थियो । जहाँ एपिएफले ४-२ ले बाजि मार्यो । पहिलो हाफमा एपिएफले अग्रता लिएको थियो । 


एपिएफलाई खेलको १९ औं मिनेटमा अनिता बस्नेतले अग्रता दिलाएकी थिइन् । उनले सरु लिम्बूको पासमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाएकी हुन् । तर, दोस्रो हाफमा निकै नै आक्रमक देखिएको आर्मीका लागि विमला चौधरीले गोल गरिन् । 

उनको गोल मार्फत आर्मी खेलमा फर्कियो । उनले ६३ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेकि हुन् । निर्धारित समयको खेलमा एक एकको बराबरी भएपछि खेलमा २० मिनेट समय थपिएको थियो । तर, थप समयमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । 


उपाधिसँगै एपिएफले तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले एक लाख ५० हजारमा चित्तबुझायो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले  ५०/५० हजार पुरस्कार पाएका छन् । 

प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगरले सर्वोकृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् । उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपिएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे । 



विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद पिरिषद्को उपाध्यक्ष पिताम्बर तिमिल्सिना लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । यही मङ्सिर ५ गतेदेखि प्रतियोगितामा तीन विभागटी टोली, सात प्रदेश तथा भारतको सिक्किम र विहारबाट दुई टोली गरी १२ टोलीको सहभागिता थियो । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।