शनिबार, साउन ९, २०८३

घोंगी र माछा खान तँछाडमछाड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
- नजिकै करिब ३० मिटर उत्तरको खुला चौरमा कुस्तीबाजको प्रतिस्पर्धा चलिरहेको छ। सोही मैदानको दक्षिणतर्फ एउटा टेन्टभित्र घोगी, गंगटा र झोल माछा खाने सर्वसाधारणको तँछाडमछाड चलिरहेको छ । लाठी, झर्रा नाचमा पिँडुंला मर्काउँदै थारू युवा नाचिरहको दृश्य मोबाइल, क्यामरा र मनभित्र कैद गर्नेको भीड पनि उत्तिकै छ।

थारू अगुवाहरू सखिया थारू सामुदायिक होम स्टे लेखेको त्रिपालभित्र सर्वसाधरणलाई स्वागत गरिरहेका छन्। यो दृश्य तिलोत्तमा औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७५ मा केही दिनदेखि दिनहुँ देखिइरहेका छन्।



महोत्सवमा थारू समुदायको संस्कृति र खानाको परिकार एकै ठाउमा पस्किरहेका उनीहरू दर्शकको माया र सद्भावबाट झनै हौसिएका छन्। शिक्षकको जागिर छाडेर आफ्नै समुदायको संस्कृति र संस्कार संरक्षण तथा प्रवद्र्धन गरी सामूहिक आयआर्जनमा लागेका राजेन्द्र थारू भन्छन्, ‘शिक्षक भएर पढाउँदा मेरो मात्रै आर्थिक अवस्था सुदृढ हुन्थ्यो। अहिले म होम स्टेको एउटा सदस्यका नाताले थारू संस्कृति र परिकारमार्फत आय आर्जन गर्ने सामूहिक अभ्यास गरी समाजको प्रगतिमा सक्रिय छु।’

घोंगी, गंगटा र झोल माछा, माछा फ्राई, लोकल कुखुराको मासु, ढिकरी, पत्उसनी, अनदीको भुजा बेच्न थारू पोसाकममा सजिएका युवतीको आत्मीयता साँच्चिकै स्मरणीय भएको स्टलमा भेटिएका ग्राहकले बताए । उनीहरूले भने, ‘यहाँको खाना, थारू दिदीबहिनीको स्वागत र नाच स्मरणीय छन्।’

झर्रा, झुमरा, जोगिया, लाठी नाचको बेजोड प्रस्तृति रहेको उक्त स्टलको प्रस्तुति गनेमनेका कलाकारले ५० मिटर अगाडि झकिझकाऊ स्टेचमा दिने दैनिक प्रस्तृतिभन्दा कम आकर्षकको छैन। उक्त नाच हेर्न र खाना खान करिब ५ हजार दर्शक आएको र तिनीहरूबाट दैनिक १० हजार आम्दानी भइरहेको होम स्टे सञ्चालक सदस्य घनश्याम थारूले बताए । हरिनारयण थारूको नेतृत्वमा सञ्चालित उक्त होमस्टे तिलोत्तमा नगरपालिका वडा नम्बर १३ सेमरीमा व्यवस्थित ढंगले सञ्चालनमा आउँदैछ। 

तिलोत्तमा नगरपालिकाले चालु वर्षमा ५० लाख रकम विनियोजन गरी होम स्टेमार्फत पर्यटक भित्र्याउने र थारू समुदायको जीवनस्तर उकास्ने योजना अगाडि सारेकोमा थारू अगुवा घनश्याम थारू औधी खुसी छन्। मंसिर ६ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरको महोत्सव १८ गतेसम्म चल्नेछ। अहिलेसम्म महोत्सव अवलोकन गर्न ४५ हजार दर्शक आइसकेको महोत्सव मूल आयोजक उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारयणप्रसाद भण्डारीले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।