सोमबार, चैत २, २०८२

 तीन अमेरिकी सैनिक अफगानिस्तानमा मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वासिङटन- अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ। अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन्। 

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सिएनएनद्धारा प्रशारित समाचारमा जनाइएको छ। यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकहरुको परिचय भने खुलाइएको छैन। 

सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ। अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान आतङ्ककारी समूहले आफ्नो आतङ्ककारी क्रियाकिलापमा बृद्धि गरेका छन्। 

तालिबान आतङ्ककारीको बलियो प्रभाव रहेको यस प्रान्तमा अफगान सैनिकले आफ्नो नियन्त्रण कायम गर्न सहयोगको लागि अमेरिकाले थप अमेरिकी सैनिक पठाएको छ। अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लाहरुमा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ। 

बताइएअनुसार सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो। यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ। 

गत सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तीमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन्। अल जजिरा समाचार संस्थाले मारिने प्रहरीको संख्या २० पुगेको पुष्टि गरेको छ। 

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो। पछिल्ला केही महिना यता आएर तालिबानले अफगास्तिानको राजधानी काबुलमै पनि सशस्त्र हमलाहरु बढाएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।