सुर्खेत- दैलेखका बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार ठाँटीकाँध गाउँपालिका वडा नं. ३ का दीलिप शाही, राजेन्द्रबहादुर शाही, वडा नं. १ का निर्मल बम, समशेर पुन, वडा नं. ४ की रत्ना शाही र गाडी चालक रमेश शाही रहेका छन् ।
दुल्लु अस्पताल दैलेखमा उपचार भइरहेका दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।
सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ठाँटीकाँध गाउँपालिका-३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्ल सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४