शनिबार, साउन ९, २०८३

ककनीमा भेला भए कांग्रेसका जिल्ला सभापतिहरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आजदेखि शुरु हुँदैछ । मंसिर अन्तिमसाता हुन लागेको महासमिति बैठकका लागि धारणा बनाउन देशैभरका जिल्ला सभापतिहरु नुवाकोटको ककनीमा भेला भएका हुन् ।
 
महासमिति बैठकमा समान धारणा पेस गर्नकालागि यो भेला सहयोगी हुने बताइएको छ । दुई दिनसम्म चल्ने भेलामा प्रस्तावित संघीय संरचनामा जाने विधानका बारेमा छलफल हुनेछ । पार्टीले अब तय गर्नु पर्ने बाटो र महासमितिमा उठाउने एजेन्डाका बारेमा पनि छलफल हुने सभापतिहरुले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारेसमेत छलफल हुने बताइएको छ । 

यस्तै, महासमितिबैठकमा समान धारणा बनाउनका लागि जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला पनि धादिङमा मंसीर १४ र १५ गते बोलाइएको छ । यसअघि कांग्रेसले निर्वाचनको समिक्षा गर्न भन्दै असार पहिलो साता मकवानपुरको हेटौंडामा जिल्ला सभापतिहरुको भेला गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।