काठमाडौँ- नम्बर नखुलेको सावारीको ठक्करबाट टेकुमा एक जनाको मृत्यु भएको छ ।
टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बुधबार बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कालिमाटी प्रहरी वृत्तले जनाएको छ ।
दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४