शनिबार, साउन ९, २०८३

अफगानिस्तानमा तीन अमेरिकी सैनिक मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काबुल- अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ । 

घटनामा तीनजना अमेरिकी सैनिक घाइते भएको बताइएको छ । यस घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको सङ्ख्या १२ पुगेको नेटोले उल्लेख गरेको छ । 

नेटोको ‘रिजोलुट सपोर्ट’ अभियानले मारिने सैनिकको बिस्तृत विवरण तत्काल उल्लेख नगर्ने अभ्यास रहेकाले मारिने सैनिकको नाम र ठेगाना भने उपलब्ध गराइएको छैन । मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी विछ्याइएको धराप परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ । एजेन्सी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।