शनिबार, साउन ९, २०८३

धनकुटामा मौलाउँदै एभोकाडो प्रेम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनकुटा- धनकुटामा एभोकाडो फलको व्यावसायिक उत्पादन भएपछि किसानहरू यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले एभोकाडोलाई विशेष महत्त्व दिएर किसानलाई सहयो गर्दै आएको छ । धनुकटामा एभोकाडो फलको बिरुवा किसानलाई बाँड्ने, एभोकाडोको मूर्ति बनाउने, पार्क बनाउने देखि महोत्सवसम्मका कार्यक्रम भइरहेका छन् ।

मूर्तिकारहरू शशि किरण, भक्त राई र चतुर राजवंशीले एभोकाडोको मूर्ति बनाएका छन् । यो मूर्तिको अनावरण शनिबार भयो । यस्तै धनकुटा नगरपालिकाले शनिबार संघीय सांसद राजेन्द्र राईको प्रमुख आतिथ्य र कृषि विज्ञ जीवन राईको उपस्थितिमा एभोकाडो महोत्सव गर्‍यो । महोत्सवमा तीन दर्जन बढी एभोकाडोका किसानले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।

धनकुटा नगरपालिका–६ परिचय मोडमा मूर्तिसँगै एभोकाडो पार्क पनि बनेको छ । पार्कका विभिन्न पाँच सुन्दर फलैँचा बनाइएका छन् । पार्कको बीचमा मूर्ति र भित्तामा विभिन्न आकृति कुँदिएका छन् । भित्तामै नेपाली र अंग्रेजीमा लेखिएको छ, 'एभोकाडोको राजधानी धनकुटा नगरपालिकामा यहाँलाइ हार्दिक स्वागत छ ।'

भिटामिन, पोटासियम र अन्य थुप्रै पौष्टिक गुणले भरिएको एभोकाडोबारेमा गरिएका यी सबै कार्यक्रमको नेतृत्व स्थानीय सरकार आफैंले गर्दैछ ।  धनकुटाले आफूलाई एभोकाडोको राजधानी पनि घोषणा गरेको छ । राजधानी घोषणा गर्नुअगाडि किसानलाई १० हजार बिरुवा बाँडिएको थियो । 

यस वर्ष २५ हजार र अर्को वर्ष १ लाख विरुवा बाँड्ने योजना रहेको नगरपालिकाका मेयर चिन्तन तामाङले बताए । उनले भने, 'अबको १५ वर्षसम्म नेपालमा एभोकाडोको बजारमा कुनै समस्या नहुने विज्ञहरु बताउँदैछन् । त्यही भएर हामी यसमा लागिपरेका छौं ।'



यसरी सुरु भयो धनकुटाको एभोकाडो प्रेम

धनकुटा नगरपालिकाका १० वटै वडामा एभोकाडोको सामान्य उब्जाउ हुँदै थियो । २०७५ साल वैशाखदेखि धनकुटाका मेयर चिन्तन तामाङले मेयर कृषि पर्यटक कार्यक्रम सार्वजनिक गरे । यो कार्यक्रम आउनुअगाडि उनले कृषि विज्ञमा जीवन राईलाइ नियुक्ति गरे । 

एभोकाडो र  ड्रागन फल धनकुटाको माटोमा उचित हुने र व्यवसायको सम्भावना राम्रो भएको सोही फलका बारेमा पुस्तकसमेत लेखेका कृषि विज्ञ जीवन राईले सुझाव दिए । राईको सुझावपछि नगरपालिकाले अध्ययन थाल्यो । अध्ययनले धनकुटाका १० वडाका १ हजार ९ सय ६२ घर परिवारले एभोकाडो रोपेको निष्कर्ष निकाल्यो । 

बेलायत सरकारको सहयोगमा धनकुटामा २०२८ साल चत १२ गते सञ्    चालनमा आएको पाख्रिबास कृषि अनुसन्धान केन्द्रबाट बिरुवा ल्याएर स्थानीयले एभोकाडो खेती गर्दै आएका थिए । व्वायसायिक रूपमा ठूलो परिमाणमा भने उनीहरुले खेती गरेका थिएनन् । यही कुरा बुझेर नगरापालिकाले किसानलाई थप एभोकाडो बिरुवा बाँड्न थाल्यो । 

नगरपालिकाले यो वर्ष २५ हजार बिरुवा तयार गरेको छ भने १० हजार बाँडेको छ । आगामी वर्षमा १ लाख वितरण गरिने मेयर तामाङ बताउँछन् । सन् २०८० सम्म धनकुटामा एभोकाडोबाट ७ करोड बढी आम्दानी गर्न सकिने प्रक्षेपण धनकुटा नगरपालिकाले गरेको प्रमुख प्रशाशकीय अधिकृत टीकादत्त राई बताउँछन् । 

धनकुटाको मुख्य उत्पादन सुन्तलाले राम्रो उत्पादन दिन छाडेपछि नगरपालिकाले एभोकाडोमा चासो दिएको मेयर तामाङ बताउँछन् । उनी भन्छन्, 'पछिल्ला वर्षमा सुन्तलाका बोट मर्न थाले र उत्पादनमा ह्रास आयो । हामीले त्यसपछि एभोकाडोमा ध्यान दिन थाल्यौं ।'

'हामीले अहिले किसानलाई १० हजार बिरुवा बाँडेका छौं', तामाङ भन्छन्, 'आगामी वर्ष यो संख्या एक लाख पुर्‍याउने लक्ष्य छ ।' प्रतिकिलो न्यूनतम १ सय ५० रुपैयाँदेखि अधिकतम २ सय ५० सम्म पुगेको एभोकाडोको भविष्य सुरक्षित रहेको विज्ञ जीवन राई बताउँछन् । 

उनी भन्छन्, 'धनकुटाको माटोको प्रकृतिले उष्णप्रदेशीय फल एभोकाडोलाई सहयोग गर्छ  । योफल मुटुरोग, मधुमेह, यौन दुर्बलता निदान गर्न अत्यन्तै लाभदायक हुन्छ ।' नेपालका सम्भ्रान्तहरुले मात्रै मेक्सिको र अमेरिकाबाट आयात गरेर खाने एभोकाडो फल नेपालमै उत्पादन भएपछि मूल्य कम भएको राई बताउँछन् । 

   नेपालीले मासु खाएजस्तै फलफूल खाने बानी बसालेमा एभोकाडोको भविष्य झनै राम्रो रहेको राईले बताए । उनले भने, 'हाल नेपालमा २ प्रतिशतले मात्रै खाँदा २० लाख किलो खपत भएको छ भने यो ४ प्रतिशतले खाँदा ४० लाख र ८ प्रतिशतले खाँदा ८० लाख किलो यहीँ खपत हुनेछ ।'

यी हुन् एभोकाडो खाँदाका फाइदा

विश्वमा सबैभन्दा धेरै मेक्सिकोमा र एसियामा सबैभन्दा धेरै इन्डोनेसियामा उत्पादन हुने एभोकाडो खाँदा थुप्रै हुने विज्ञहरू बताउँछन् । विश्व प्रख्यात हेल्थलाइन डटकममा क्रिस गुनार्सले लेखेका छन्, 'एभोकाडोमा भिटामिन सी, ई, के, बी फाइभ, बी सिक्स पाइन्छ । पोटासियम पनि यसमा प्रशस्तै हुन्छ । यसमा १६० क्यालोरी, २ ग्राम प्रोटिन र १५ ग्राम फ्याट र फाइभर हुन्छ ।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।