काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार दुई खेल हुदैछ । दुवै खेलसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
पहिलो खेल बिहान ११ बजे हिमालयन शेर्पा र मछिन्द्र क्लब भिड्दै छन् । त्यस्तै बुधबार नै दिउँसो २:३० मा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको हिमालयन सेर्पा मछिन्द्र भन्दा बहिलो देखिन्छ । किनकी लिगको सुरुवाती नतिजालाई हेर्दा हिमालयनले मात्र एक खेल गुमाएको छ भने दुई खेलमा जित निकालेको छ ।
यता, एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मछिन्द्र २ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
आजै, हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगका पुछारमा अंक विहिन टोली हुन् । मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य अंक जोड्ने हुनेछ । जावलाखेल १३ औ स्थानमा रहदाँ फ्रेन्ड्स १४ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४