काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ पदाधिकारीमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले मंगलबार श्रेष्ठलाई पदाधिकारीमा मनोनित गरेका हुन् ।
राप्रपाका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचार विभाग प्रमुख श्रेष्ठलाई पार्टीको केन्द्रीय सहायक प्रवक्तामा मनोनित गरेको जानकारी दिएका छन्। श्रेष्ठको प्रचार विभाग प्रमुखको पद भने कायमै रहने बताइएको छ।
उनको नियुक्तिसँगै राप्रपाको पदाधिकारी पदसंख्या चार पुगेको छ। राप्रपाको महामन्त्रीमा भाष्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेल यसअघि नै मनोनित भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४