शनिबार, साउन ९, २०८३

सिटी र लियोन च्याम्पियन्स लिगको नकाउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मंगलबार राति भएको युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी लियोनसँग बराबरीमा रोकिएको छ । इंग्लिस क्लब सिटी फ्रेन्च क्लब लियोनसँग २-२ को बराबरीमा रोकिएको हो ।

लियोनको मैदानमा भएको खेलमा बराबरी खेलेसँगै सिटी नकआउट चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुबै टोलीबाट चार गोल भए । 

खेलको ५५ औं मिनेटमा लियोनले सुरुवाती अग्रता लिएको थियो । लियोनले म्यासवेल कर्नेटले गोलमार्फत सुरुवाती अग्रता लिएको हो । तर, ६२ औं मिनेटमा एम्रिक लापोर्टेले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । 

त्यसपछि खेलको ८१ औं मिनेटमा कर्नेटले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई २-१ को अग्रता दिलाए । तर, त्यसको तीन मिनेट नबित्दै ८३ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए । 

यो बराबरीसंगै समूह ‘एफ’ को सिटीले ५ खेलबाट १० अंक जोडेको छ । र, सिटी समूहको शीर्ष स्थानमा समेत रहेको छ । लियोन ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । लियोनको पनि नकआउट चरणमा प्रवेश गरेको छ । यसै समूहको अर्को खेलमा शख्तर डोनेक्स्टले होफेनहाइमलाई ३-२ ले पराजित गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।