शनिबार, साउन ९, २०८३

रियल लगातार १५औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- यूइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले एएस रोमालाई २-० ले पराजित गरेको छ । रोमाको घरेलु मैदानमा भएको खेलमा रियल विजय भएसँगै लिगको शिर्ष स्थानमा उक्लेको छ । 

यस जितसँगै रियल लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्दै नयाँ रेकर्ड बनाएको छ । सन् २००३-०४ यता लगातार नकआउट चरणमा प्रवेश गर्ने रियल एक्लो टोली हो । 

पहिलो हाफ गोल रहित भएको खेलमा युभेन्टसका लागि ग्यारेथ बेल र लुकास भाज्केजले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । दुबै टोलीले पहिलो हाफमा गोल गर्न नसक्दा दोस्रो हाफमा भने रियलले सुरुवातमै गोल गर्दै अग्रता लिएको थियो ।

रियलले खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलको गोल मार्फत अग्रता लिएको थियो । बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि ५९औं मिनेटमा लुकास भाज्केजले रियलको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।