आइतबार, साउन १७, २०८३

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः सञ्चालन गर्न विद्यार्थी संगठनको माग

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्न ५ विद्यार्थी संगठनले माग गरेका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्न ५ विद्यार्थी संगठनले माग गरेका छन्।

नेविसंघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियूलगायतले शुक्रबार आयोग उपाध्यक्ष श्रीकृष्ष्ण गिरीलाई ज्ञापनपत्र बुझाउँदै देशभरका मेडिकल कलेजका लागि निर्धारण गरिएको सिटभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै पुनः प्रवेश परीक्षाको माग गरेका हुन्।

सिट संख्याभन्दा विद्यार्थी कम उत्तीर्ण हुँदा स्वास्थ्य क्षेत्रको जनशक्ति कम हुने र यसले समग्र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन असर गर्ने भएकाले आयोगलाई पुनर्विचार गर्न आग्रह गरेका हुन्। परीक्षा दिने विद्यार्थी बढी भए पनि सिट संख्या भन्दा पनि कम उत्तीर्ण गराइएकाले विद्यार्थीको पढ्ने चाहनामा गम्भीर असर परेकाले तत्काल अर्को प्रवेश परीक्षा लिनुपर्ने उनीहरूको माग छ। 

चिकित्सा शिक्षातर्फ पारामेडिकल विषयहरूको प्रवेश परीक्षामा निर्धारित सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी पास भएका छन्। 

यस्तो छ सिट संख्या

प्रकाशित: Aug 13, 2021| 18:23 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्