शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस, चोलेन्द्र पनि छानिए 

प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस, चोलेन्द्र पनि छानिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रधानन्यायाधीशका लागि संसदीय सुनवाई विशेष समितिबाट अस्विकृत भएका दिपकराज जोशी पुनः प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन् ।

न्याय परिषद्को मंगलबार साझ बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि एकपटक अस्विकृत भैसकेका जोशीसँगै चोलेन्द्रशम्शेर जबराको नाम पनि संवैधानिक परिषद्मा पठाएको छ । 

सर्वोच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिए । संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश पाउदैछन् । प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । 

न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन । उनीमाथि शैक्षिक प्रमाण पत्र, उनले गरेका फैसलालगायतका विषयमा प्रश्न उठाइएको थियो । यहि आधारमा संसदीय समितिले उनको नाम अस्विकृत गरेको थियो ।

पुनः उनको नाम सिफारिस भए पनि संवैधानिक परिषद्ले चोलेन्द्र शम्शेरको नाम अनुमोदन गर्न सक्ने स्रोतको दाबी छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।