एजेन्सी- मंगरबार राति भएको च्याम्पियन्स लिगमा युभेन्टसले जित हात पारेकोछ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई १-० ले पराजित गर्दै लिगमा चौथो जित दर्ता गरेको हो ।
युभेन्टसको जितका लागि एक मात्र निर्णायक गोल क्रोएसियन फरवार्ड मारियो मान्जुकीचले गरेका थिए । यस जितसँगै युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एच’को शिर्ष स्थानमा उक्लेको भने भ्यालेन्सिया यस हारसँगै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
पहिलो हाफ गोल रहित भएको खेलमा एक मात्र गोल दोस्रो हाफमा भएको थियो । मान्जुकीचले खेलको ५९ औं मिनेटमा खेलको एकमात्र गोल गर्न सफल भए । क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका ग्याब्रिएल पाउलिस्टालाई छलाउँदै दिएको लो क्रसमा मान्जुकीचले सहजै गोल गरेका थिए ।
पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसकेको युभेन्टसले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । खेलको अन्तिम समयमा भ्यालेन्सियाले खेल बराबरी गर्ने केहि अवसरहरु पाएको थियो । तर, सोहि अवसरहरुको सहि सदुपयो गर्न नसक्दा भ्यालेन्सिया पराजित हुन पुगेको हो ।
त्यस्तै मंगलबार राति नै भएको च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ कै अर्को खेलमा म्यानचेस्टर युनाइटेड विजय भएको छ । युनाइटेडले योङ ब्वाइजलाई १-० ले पराजित गरेको हो । यस हारसँगै योङ ब्वाइज पनि समूह चरणबाटै बाहिरिएको छ ।
युनाइटेडको जिका लागि खेलको इन्जुरी समयमा एक मात्र गोल मरोउने फिलाइनीले गरेका थिए । ५ खेलमा ४ जित र १ हारसँगै युभेन्टसको १२ अंक छ भने युनाइटेडको समान खेलमा तीन खेलमा जित, १ बराबरी र १ खेलमा हार सहित १० अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४