शुक्रबार, जेठ १, २०८३

दक्षिणी अफगानिस्तानमा १२ आतंककारी मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
टिरिन कोट- अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ। 

हवाई कारबाहीमा तालिबान समूहका एकजना प्रमुख कमाण्डर मुल्लाह जनानको पनि मृत्यु भएको सेनाको विज्ञप्तिमा जनाइएको छ। 

अफगानिस्तानमा सशस्त्र युद्ध जारी राखेको तालिबान समूहले यस विषयमा केही टिप्पणी गरेको छैन। सो क्षेत्रमा केही समययतादेखि तालिबानहरुको ठूलो चहलपहल हुन लागेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।