शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीन लाख ३४ हजार बढीले ४० कित्ताको दरले तामाकोशीको शेयर पाए

तीन लाख ३४ हजार बढीले ४० कित्ताको दरले तामाकोशीको शेयर पाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अपर ताकामोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। 

बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलकाअनुसार कुल आवेदक मध्ये ३ लाख ३४ हजार ७५ जना आवेदकले ४० कित्ताको दरले शेयर पाएका छन्। उनीहरुलाई ४० कित्ता दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो। 

बिक्री प्रबन्धक कम्पनीहरुकाअनुसार तीन लाख ३९ हजार ७ सय ७५ जना लगानीकर्ताले आवेदन दिएका थिए भने एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो। 

योग्य आवेदकलाई ४० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको एक लाख ७२ हजार ७७५ कित्ता शेयर एक लाख ७२ हजार जनाले र गोलाप्रथाबाट थप १० जनालाई ५० कित्ता शेयर पाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्