काठमाडौं- महानगरीय अपराध महाशाखाले भ्रामक समाचार प्रेसित गरेको भन्दै पोष्टपाटी डट कमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ।
चन्द सम्पादक रहेको उक्त अनलाईनले मंसिर ६ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुकुरी प्रहारको प्रयास शिर्षकमा समाचार लेखेको भन्दै पक्राउ गरिएको हो। महानगरीय प्रहरी महाशाखाले समाचारमा कुनै सत्यता नरहेको महाशाखाले दाबी गरेको छन्।
मंसिर ६ गते पार्टीको कार्यक्रममा चितवन गएका प्रचण्डलाई पूर्व लडाकुले खुकुरी प्रहार गर्ने प्रयास गरेको भन्दै पोष्टपाटी डटकम अनलाईनबाट समाचार प्रेसित गरिएको थियो।
रोल्पा गंगादेवी गाँउपालीका–३ का गोपाल चन्दलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मंगलबार दिउँसो २ बजे तारकेस्वर नगरपालीका मनमैजुबाट पक्राउ गरेको हो।
उनलाई विद्युतिय कारोबार ऐन अर्न्तगत मुद्दा चलाउने तयारी भइरहेको छ। उनलाई सात दिनको म्याद थपको माग गर्दै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।
स्रोतका अनुसार पछिल्लो समय सरकार तथा नेकपा नेता विरुद्ध समाचार लेख्ने अन्य संचार माध्यमका पत्रकारलाई समेत पक्राउ गरी कारबाहिको तयारी गरिएको छ। प्रहरीले त्यस्ता समाचार र पत्रकारमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४