काठमाडौं- मंगलबारका लागि तय भएको नेकपा सचिवालयको बैठक फेरि सरेको छ। सामाजिक सुरक्षा घोषणा कार्यक्रममा नेताहरु व्यस्त रहेको भन्दै बुधबारका लागि सारिएको हो।
बैठक सोमबार बस्ने भनिए पनि आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरी मंगलबारका लागि सारिएको थियो।
यो साता मात्रै तीन पटक बैठक सारिएको छ। बैठकमा २१ केन्दीय सदस्यले बुझाएको ज्ञापन पत्र, पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारी, पोलिटब्युरो गठन लगायतका बिषय एजेण्डा थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४