शनिबार, साउन ९, २०८३

अब अनलाइनबाटै गाडिको टिकट लिन सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – घण्टौ लाइनमा बसेर गाडिको टिकट लिनु पर्ने समस्याको अन्त्य भएको छ। घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने, अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने गरी मेरो यात्रा डट कम डट एनपीले नयाँ सेवाको सुरुवात गरेको हो।

मेरो यात्रा डट कमका सञ्चालक उमेश खड्काले वेवसाइड मार्फत  आफूलाई आवश्यक परेको बेला विभिन्न प्रकारका सवारी साधनहरू पनि रिर्जब गर्न सकिने छ। 

समय सापेक्ष र प्रविधिको प्रयोग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवासायीहरूलार्इ यसले सहयोग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने संचालक खड्काको दावी छ।

यात्रुहरूलार्इ लामो दुरीको यात्राको लागी लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्व गर्न यसबाट सकिने छ।

खड्काले केहि समय पछि मेरो यात्रा मोवाइल एप पनि सार्वजनिक गरिने जानकारी दिए। निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसँग सहकार्य गरी रकम भुक्तानी गर्न मिल्ने योजना रहको खड्काले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्