शनिबार, साउन ९, २०८३

नेविसंघ महाधिवेशन पुस २८ देखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते हुने भएको छ। नेविसंघको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गर्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुर्इ महिनाभित्र नेविसंघको महाधिवेश सम्पन्न गर्ने निर्णय गरेसँगै नेविसंघ महाधिवेशनका लागि तातेको हो। नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टीको निर्देशन अनुसार मंसिर २२ गतेभित्र मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसीर २५ गतेभित्र स्थानीय गाउँ, नगर अधिवेशन गर्नेगरी कार्यक्रम तय गरेको जानकारी दिए। 

यस्तै पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने अध्यक्ष महरले बताए। नेविसंघले पुस १४ गते भित्र ७७ वटै जिल्लाको अधिवेशन गरिसक्नु पर्ने भने पुस २० गते भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ। 

नेविसंघ बैठकले तोकिएको समय भित्र अधिवेशन नगर्ने जिल्ला समितिहरु भंग हुने र महाधिवेशनमा भाग लिनबाट समेत बन्चित हुने निर्णय गरेको छ। 

अध्यक्ष महरले नेविसंघको अधिवेशन सम्पन्न गरेर बलियो संठन निर्माण गर्ने र वर्तमान सरकारका कलत कदमका विरुद्ध शसक्त रुपमा उभिने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।