सोमबार, चैत २, २०८२

 चार घण्टामै अस्तायो प्रेमिल जोडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत- हामीले धेरैले प्रेमका कथा सुनेका छौँ । रोमियो-जुलियट, लेला-मज्नु, सलिम-अनारकली, मुना-मदनजस्ता वियोगान्त अन्त्य रहेको छ। ती केवल काल्पनिक कथा थिए, जुन सुन्दा हामीलाई निकै वियोगान्त लाग्छ। यस्तै घटना घटेको छ, भारतको मध्यप्रदेशको साइनाथ नगर मुलताईमा।

दश वर्ष अघि प्रेम विवाह गरेको मनोज गोहे र गायत्री गोहे भारतको मध्यप्रदेशको मुलताई शहरमा बस्दै आएको थिए। मनोज कार फाइन्यान्स कम्पनीमा काम गर्थे। 

३७ वर्षका मनोजलाई १२ नोभेम्बरमा सामान्य रुघाखोकी चेकअपको लागि जाँदा निमोनिया भएको र भर्ना गर्नुपर्ने बताएका थिए। उनको अवस्था निकै सिरियस हुँदै गएको थियो।
 
त्यसताका मनोजकी पत्नी गायत्री गर्भवती थिइन्। विवाह भएको १० वर्ष पछि उनीहरू आमाबाबु बन्‍दै थिए। सन्तान पनि जुम्ल्याहा हुने चेकअपपछि थाहा भयो।
  
अनेकौँ  विशेषज्ञ डाक्टर र बाबाजी जस्ता अनेकौँ प्रयासमा बच्चा भएका हुनाले घरको रौनक ने अर्कै रहेको मनोजका भाइले बताए।  गायत्रीको गर्भ ७ महिनाको भईसकेको थियो। 

मनोज अस्पतालमा सिरियस रहेको अवस्थामा गायत्रीलाई देवरले फोन गरेर बताएका थिए। गायात्रीले के बुझिन्, उनी अस्पताल नगई घर नजिकै निमार्णाधिन भवनको चौंथो तला करिब ४० फिटको उचाईबाट हाम फालिन्।  सोमबार करिब साढे १ बजे उनले आत्महत्या गरेकी थिइन्।
 
रगतले लत्पतिएको अवस्थामा उनको छिमेकीले उनलाई अनन्त श्री अस्पतालमा लगेका थिए। एक छोरा र एक छोरीलाई जन्म दिएपछि नै करिब २ बजे समयमा उनको मृत्यु भयो। अप्रेसनपछि गायत्रीको मुत्यु भयो।

भ्यान्टिलेरमा रहेका दुई जुम्याहा,  गायत्रीको मृत्युको ३ घन्टा पछि दुवै बच्चाले पहिलो र अन्तिम पल्ट आँखो खोले। उनीहरूको मृत्यु साँझ पाँच बजे तिर भयो। 

बंसल अस्पतालको भेन्टिलेटरमा राखिएको मनोजले पनि बच्चाहरूको मृत्युको १ घण्टा पछि करिब ६ बजेको समयमा अन्‍तिम सास फेरे। साँढे चार घण्टामै चार जीवन अस्ताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।