शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : सरस्वतीसँग ब्रिगेड पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सरस्वती युथ क्लबले दोस्रो जित दर्ता गरेको छ । चौथो चरणको लिगको खेलमा सरस्वती क्लबले ब्रिगेड ब्वाईज क्लबलाई २-१ गोलले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा ब्रिगेड र सरस्वतीले पहिलो हाफमा १-१ को बराबरी खेलेका थिए । तर दोस्रो हाफमा सरस्वतीले थप एक गोल गर्दै ब्रिगेड ब्वाईजलाई २-१ ले पराजित गरेको थियो । 

खेलमा रसुरुवाती अग्रता सरस्वतीले नै लिएको थियो । खेलको तेस्रो मिनेटमा बिनोद केसीले दिपेश श्रेष्ठको पास सदुपयोग गर्दै गोल गरेका थिए । तर, खेलको सातौं मिनेटमा ब्रिगेड खेलमा फर्कियो । 

ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले कजिम बुशारीको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । यसअधि दुवै टोलीले समान एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेका थिए । 

खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी फ्रान्सिसले गोल गरेका थिए । जितसँगै सरस्वतीले ३ खेलबाट ६ अंक जोडेको छ । र, सरस्वती सातौ स्थानमा उक्लिएको छ । ३ अंक जोडेका ब्रिगेड ११ औं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।