शनिबार, साउन ९, २०८३

सामाजिक सुरक्षा घोषणा : ओली पोलमा, विष्ट दिलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-सरकारले मंगलबारदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको भड्किलो प्रचारप्रसारलार्इ लिएर नागरिस्तरबाट व्यापक आलोचना भएको छ।

सामाजिक  सुरक्षा कार्यक्रम आफैंमा सकारात्‍मक सुरुवात हो। तर, यसलार्इ राजनीतिक आवरण दिएर राज्य कोषबाट करोडौं रकमको दुरुपयोग गरिएको आरोप सरकारमाथि लागेको छ। यो सामाजिक सुरक्षा कार्यक्रम लागू भएको प्रचारका लागि मात्र करिब १६ करोड खर्च भएको सामाजिक सञ्‍जालमा चर्चा भइरहेको छ। जसमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनका लागि आठ रोड र बाँकी आठ करोड पोलमा झुन्ड्याइएको डिजिटल विज्ञापनमा खर्च गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको प्रयासलार्इ नागरिकस्तरबाट सराहना गरिएपनि प्रधानमन्त्रीको तस्बिरको विज्ञापन र भड्‍किलो प्रचारशैलीलार्इ लिएर ओलीको आलोचना भइरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पोलपोलमा राखेर गरिएको प्रचारलाई लिएर उनको निकै आलोचना भएको छ।  तर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निकै तारिफ भएको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता ओली पोलमा, विष्ट दिलमा भएको भन्दै व्यंग्य गरेका छन् । केहीले पत्रिकामा व्यापक विज्ञापनमार्फत नयाँ अधिनायकवाद स्थापित गर्न खोजिएको आरोपसमेत लगाएका छन् । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा लेखेका छन्, ‘पत्रिकामा व्यापक विज्ञापनमार्फत नयाँ अधिनायकवाद स्थापित गर्न खोजिएको छ ।  नेपाली जनता शिक्षित छन्, त्यसैले जनताको हितमा काम र विकास विना जनतालाई सजिलै फसाउन सकिन्न । हेक्का होस् !’

उद्योगपति पशुपति मुरारकाले सरकार, श्रमिक र रोजगारदातालाई बधाई दिएका छन् । उनले ट्विट गरेका छन्, ‘आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ भएको छ। वर्षौको अथक प्रयासपछि यसले पूर्णता प्राप्त गरेको छ। सम्बन्धित सबै पक्ष सरकार, श्रमिक र रोजगारदातालाई बधाई। आशा गरौं यसले श्रम सम्बन्धलाई प्रगाढ बनाउनेछ।’

पूर्व सचिव भीम उपाध्यायले असल कामको भद्दा प्रचार शैलीले पहिलो गाँसमै ढुंगा लागेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘एउटा असल कामको भद्दा प्रचार शैलीले दाँतमा ढुंगा लागेर गाँसै किरकिरा हुन पुगेको छ । भविष्यमा ध्यान दिऔं, नेपालले भद्दापनको विलास गर्न सुहाउँदैन । प्रचार जानकारी सम्प्रेषण शालीन र प्रभावकारी हुनुपर्छ, यसमा निजी संस्था र जनपरिचालन हुन सक्नुपर्छ ।’

अर्का पूर्वसचिव एवम् परराष्ट्रविद् मधुरमण आचार्यले यसलाई राम्रो सुरुआत मानेका छन् । उनले ट्विट गरेका छन्, ‘वास्तवमा यस्तो प्रचार मात्र गरेको भए हुने! अखबारमा ज्याकेट र पोलमा फोटा चैं अलि बढी नै भो कि? त्यो पनि श्रमिककै तलबबाट काटिएको पैसोबाट गरिएको भए त झन् भएन!’

वरिष्ठ पत्रकार किशोर नेपालले यसलाई ठट्टा भनेका छन् । उनले भनेका छन्, ‘लौ आयो नयाँ युग आयो, खुसीभन्दा बढी ठट्टा सुझायो ।’ अर्का वरिष्ठ पत्रकार विजयकुमारले व्यंग्य गर्दै लेखेका छन्, ‘एसियाको दोस्रो गरिब देशका अखबारका ’ज्याकेट’ र अनलाइनका ’रोड ब्लक’ र राजधानीका पोल पोलमा ‘नयाँ युगको सुरुवात’ भएको छ । कर्तव्यबिनाको अधिकार, उत्पादन बिनाको वितरण, योग्यता बिनाको आकांक्षा र उत्तरदायित्व बिनाका घोषणामा रमाउने हामी सबैलाई बधाई !’

चलचित्र नायिका रेखा थापाले आत्मस्तुति र ग्ल्यामरले सरकार सक्षम नहुने बताएकी छन् । उनले भनेकी छन्, ‘सोच्छु-काठमाडौंका यी डिजिटल बोर्डमा नेपाली छोरीका पढ्दै गरेका, बदलिँदै गरेका र आफ्नो सपना सम्हाल्दै गरेका तस्बिर राखेको भए कति सभ्य र शालीन देखिँदो हो!! छाती चौंडा हुनुपर्‍यो नि त्यसो गर्नलाई । आत्मस्तुति र ग्ल्यामरले सरकार सक्षम सिद्ध होला त ?’
साहित्यकार सरस्वती प्रतीक्षाले यसलाई चटकको संज्ञा दिएकी छन् । उनले भनेकी छन्, ‘सोच्दैछु, यो नयाँ युगको सुरुआत हो कि चटकको युगको सुरुवात हो ?’

अर्का साहित्यकार रमेश खकुरेलले टाउके अक्षर थोप्लो गायब भन्दै व्यंग्य गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजका प्रायः पत्रिकाको पहिलो पानामा ‘हिजो संविधानमा भन्यौ, सामाजिक सुरक्षा श्रमिकको मौलिक हक । बजेटमा बाचा गर्‍यौ, एकीकृत सामाजिक सुरक्षा, हाम्रो प्राथमिकता। आज पूरा गर्दैछौ बाचा..... यस्तो विज्ञापन छापिएको छ। यहाँ भन्यौ, गर्‍यौ र गर्दैछौ मा माथि विन्दु हुनुपर्ने होइन र? कि यी भनाइ जनताले गरेका भन्न खोजिएको हो? यस्ता उल्टा विज्ञापन छापेको पनि बिल त खुरुक्क दिने त होला नि कमिसन पाएपछि।’

लेखक दिलनिसानी मगरले सामाजिक सुरक्षालाई राम्रो कदम भन्दै लेखेका छन्, ‘सामाजिक सुरक्षा राम्रो कदम हो। सरकारलाई धेरै धन्यवाद। तर नेतृत्वको पोस्टरचहिँ खुसी भएर जनताले टाँस्ने हो, आफैं हैन के ।’

श्रम तथा रोजगार र सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने एउटा आशाको दियो बल्दै छ भन्दै यसलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘एउटा दियो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदैछ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको सुरु हुँदैछ, उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले, सामाजिक सुरक्षाको ।

हेर्नुहोस सामाजिक सञ्‍जालमा कसकसले के के लेखे
 

सोच्छु- काठमाण्डौका यी डिजिटल बोर्डमा नेपाली छोरीका पढदै गरेका, बदलिदै गरेका, र आफ्नो सपना सम्हाल्दै गरेका तस्बिर राखेको भये कती सभ्य र सालीन देखिदो हो!! छाती चौडा हुनु पर्‍यो नी त्यसो गर्न लाई । आत्मास्तुती र ग्लयामर ले सरकार सक्षम सिदे होला त । pic.twitter.com/hL0KxJm3OG

— Rekha Thapa (@rekhafilms) November 27, 2018

सोच्दैछु, यो नयाँ युगको शुरुवात हो कि चटकको युगको शुरुवात हो ?....???????? pic.twitter.com/Wtt8coAMoQ

— Saraswati Pratikshya (@saraswati_prati) November 27, 2018

विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ": प्र.म.अोली। प्र.म.ज्यु,तपाईंको उक्त भनाइलाई पुष्टि गर्नकै लागि शहरका पोलहरुमा तपाईंको फोटो झुण्याइ सक्नु भएछ। तुइन भएका ठाउँहरुमा पनि दुई छेउमा तपाईंको उक्त फोटो राख्न लगाउनु प-यो। तुइन तर्ने जनताले तुइन तरिसके पछि हजुरको फोटोमा फूल चढाअोस्। pic.twitter.com/HN4MWkemjP

— Dhan Raj Gurung (@dhanrgrg) November 26, 2018

नयाँ युगको शुरूवात त खम्बाबाट हुन थालेछ ।
महेन्द्रकालिन शैली ।
pic.twitter.com/dNY3sc3I5A

— SHUPHAL KAFLE (@kshuphal) November 26, 2018

सामाजिक सुरक्षा राम्रो कदम हो। सरकारलाई धेरै धन्यबाद। तर नेतृत्वको पोस्टर चाँही खुसी भएर जनताले टाँस्ने हो, आफै हैन के।

— Dil Nisani Magar (@dil_nisani) November 27, 2018

कर तिरौं, ज्याकेट लगाऔं, उहाँहरूलाई 'आज देशमा रमिता छ' भन्ने अवसर दिइरहौं ! #शुभप्रभात pic.twitter.com/V76jWD4kbT

— Rameshwar Bohara (@rambohara) November 27, 2018

एसियाको दोस्रो गरिब देशका अखबारका 'ज्याकेट'/अनलाइनका 'रोड ब्लक' र राजधानीका पोल पोलमा 'नया युगको सुरुवात' भएको छ । कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको बितरण,योग्यता बिनाको आकांक्षा र उतरदायित्व बिनाका घोषणामा रमाउने हामी सबैलाई बधाई !

— Vijay Kumar Panday (@Vijaykumarko) November 27, 2018

आर्थिक वर्ष ०६६/६७ देखि नियमित आय गर्ने करिब २० लाख करदाताले तिरेको २० अर्ब रुपैयाँ बेहिसाब खर्च गरेर यो तामझाम देखाइएछ। योगदानकर्तालाई यसले के प्रभाव पार्छ? pic.twitter.com/fTmQhI7TuU

— Gajendra Budhathoki ♿भुँइमान्छे♿ (@gbudhathoki) November 27, 2018

एउटा दियो बल्दैछ आशाको | एउटा सूर्य उदाउँदैछ भरोसाको | एउटा युगको अन्त्य हुँदैछ अन्धकारको | एउटा युगको शुरु हुँदैछ, उत्साहको | एउटा उत्सव मनाउँदैछ देशले, सामाजिक सुरक्षाको | pic.twitter.com/I7D1of35CO

— Gokarna Bista (@_GokarnaBista) November 27, 2018

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।