एजेन्सी- युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति ८ खेल हुदै छन् । नेपाली समय अनुसार राति ११:४० मा दुई खेल हुँदै छन् भने बाँकी ६ खेल राति १:४५ मा हुँदै सुरु हुने छन् । जसमा केहि महत्वपूर्ण खेल हुँदैछन् ।
मंगबर रातीको खेलमा इटालीको बलियो मानिने टोली रोमाले साबिक विजेता रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दै छ । खेल रोमा घरेलु मैदानमा राति १:४५ मा सुरु हुँदैछ । यसअघि रियलको घरेलु मैदानमा भएको खेलमा रियल ३-० ले विजय भएको थियो ।
तर, त्यसपछिका खेलमा रियल लगातार खराब अवस्थाबाट गुज्रिरहेको छ । रियल पछिल्लोपटक ला लिगामा एइबारसँग ३-० को लजजासपद हार व्यहोरेको थियो । आजको खेलमा रोमाले अघिल्लो खेलको ३-० को बदला लिन मात्रै नभई अन्तिम १६ को बाटो पनि यसै खेलबाट तय गर्नेछ ।
समूह ‘जी’मा हाल रियल ९ अंकसहित शीर्ष स्थानमा रहँदा रोमा ९ अंकसहित दोस्रो स्थानमा छ । सिएसकेए मोस्को ४ अंकसहित तेस्रो स्थानमा छ । तसर्थ, अन्तिम २ खेल बाँकी छँदासम्म यस समूहमा यी ३ वटै टोलीको अन्तिम १६ मा जाने सम्भावना जीवितै रहेकाले ३ वटै टोलीलाई चौथो चरणका खेल ज्यादै महत्त्वपूर्ण हुनछन् ।
त्यस्तै अर्को खेल युभेन्टस र भ्यालेनिसयाबिच हुनेछ । शिर्ष स्थानमा रहेको युभेन्टससँग भ्यालेन्सिया उसैको स्थानमा अंक खोस्ने दाउम हुनेछ । युभेन्टस चार खेलमा ९ अंकका साथ शिर्ष स्थानमा छ भने भ्यालेनिसया ५ अंकका साथ तेस्रो स्थानमा छ ।
भ्यालेन्सियाले यो खेल जिते दोस्रो चरणमा प्रवेश गर्ने आशा जिवितै राख्ने छ । तर, दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग पराजित हुनु पर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४